Saturday, May 7, 2016

दुईजना मृत फेला

नवलपरासी, २५ वैशाख । नवलपरासी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज दुईजना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको दुम्कीबासमा–१ दाउन्नेदेवी पेट्रोलपम्प नजिकै रहेको कल्भर्टमुनि एक पुरुषको वेवारिसे शव फेला परेको छ ।

शवको टाउको नभएको र शरीरपनि सडिसकेको अवस्थामा रहेको इलाका प्रहरी कार्यलय, नयाँ बेलहानीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, कावासोती नगरपालिका–१३ पिठौलीमा एकजना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शव नारायणी नदी किनारमा फेला परेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts