ताप्लेजुङ, २५ वैशाख । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङमा आज दिउँसो भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् ।
आगलागीका कारण सदरमुकाम फुङ्लीङसँगै जोडिएको कफिहाउस टोलका नेत्र बराल र पदम पौडेलका दुईवटा घर जलेर नष्ट भएका हुन् ।
दिउँसो करिब दुई बजे भएको आगलागी दमकल, सेना, प्रहरी र सदरमुकामवासीको प्रयासमा नियन्त्रणमा आएको थियो । नजिकै पानीको स्रोत नभएको र दमकल समेत जान नसक्ने साँघुरो बाटो भएकाले समयमानै आगलागी नियन्त्रणमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले अहिले नै यकिन नभएको प्रहरीले जनाएको छ । रासस
––––––
No comments:
Post a Comment