Sunday, May 1, 2016

जिशिअमाथि दुव्र्र्यवहार गर्नेविरुद्ध मुद्दा दायर

भीमदत्तनगर, १९ वैशाख । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि ६ दिनअघि कार्यालयमै दुव्र्यवहार गर्ने वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीका दुईजना विद्यार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनसँग आबद्ध २० वर्षीय विष्णु थापा र १७ वर्षीय वीरेन्द्र विष्टलाई शनिबार राति पक्राउ गरी कारबाही थालेको छ । उनीहरुले शिक्षा कार्यालय कञ्चनपुरमा विद्यार्थी सङ्गठन र जिल्ला शिक्षा अधिकारीबीच भइरहेको बैठकमा एक्कासि थापा र विष्टले जिशिअ धामीमाथि कालोमोसो दल्ने प्रयास गरेका थिए ।

घटनालगत्तै शिक्षा अधिकारीले दिएको उजुरीका आधारमा प्रहरीले थापालाई यहाँको बाइसेबिचुवा गाविस र विष्टलाई भीमदत्तनगर क्षेत्रबाट पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दायर गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता केदार खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । शिक्षा अधिकारीमाथि गरिएको अभद्र व्यवहारले यहाँका विभिन्न शिक्षक सङ्घ÷सङ्गठनले भत्र्सना गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts