Saturday, May 14, 2016

पहिराले घर पुर्दा मृत्यु

दैलेख, १ जेठ । पिपलबोट गाविस–४ की ३५ वर्षीया गीता थापाको पहिरामा पुरिएर मृत्यु भएको छ ।

गए राति गएको पहिराले घरमा खाना पकाउँदै गरेकी थापाको घर पुरेको थियो । उहाँकी ५८ वर्षीया आमा धनादेवी पनि पहिरामा पुरिएर सामान्य घाइते हुनुभएको छ ।

दैलेखमा चार र कालीकोटको सिमानामा पाँच घर पहिराले बगाएको छ । पहिरामा परी रङ्गबहादुर विक बेपत्ता भएको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

पहिरो निरीक्षणका लागि पुग्नुभएका प्रजिअ लुकबहादुर क्षेत्रीले मृतककी आमालाई रु २५ हजार तत्कालीन राहत प्रदान गर्नुभयो । पहिराले एक ट्रयाक्टर र एक मोटरसाइकल समेत बगाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts