Wednesday, May 4, 2016

ट्रकको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी (मोरङ), २२ वैशाख । मोरङको सुन्दरदुलारीमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

सुन्दर–दुलारी नगरपालिका–१ स्थित दुलारीचौकमा ना६ख २६८३ नं को ट्रकले को२०प ५४८७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार मोरङ टङ्कीसिनवारी बस्ने ३५ वर्षीया मीना शाहको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts