बेनी (म्याग्दी), १ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको प्रेस युनियन पत्रकारिता पुरस्कार–२०७३ पत्रकारितामा निरन्तर क्रियाशील भई म्याग्दीको व्यावसायिक पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको भन्दै राससका (बेनी, म्याग्दी) संवाददाता धु्रवसागर शर्मा सम्मानित हुुन भएको छ ।
युनियनको आज सम्पन्न छैटौँ साधारणसभाको अवसरमा अग्रज पत्रकार एवम् राससकर्मी शर्मा र म्याग्दी अनलाइनकर्मी निर्मल खत्रीलाई पुरस्कृत गरिएको छ ।
युनियनका जिल्ला अध्यक्ष गोपाल छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार शर्मा र युवा पत्रकार खत्रीलाई जनही नगद रु ५ हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
युनियनले स्थापना गरेको पुरस्कार कोषमार्फत विकास पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै पत्रकारद्वय शर्मा र खत्रीलाई पुरस्कृत गरिएको पुरस्कार छनोट उपसमितिका संयोजक रेखाकौसल रेग्मीले जानकारी दिनुभयो ।
पत्रकार शर्मा २०५४ सालदेखि निरन्तर रुपमा पत्रकारितामा आबद्ध हुुनुहुन्छ । कार्यक्रममा नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेल र नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
पुरस्कृत पत्रकार शर्मा रासस लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ । पत्रकार खत्री म्याग्दी अनलाइन, समृद्ध साप्ताहिक र नयाँ पत्रिका दैनिकसँग आबद्ध हुनुहुन्छ । रासस
No comments:
Post a Comment