ललितपुर, २८ वैशाख । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज तानेर गाः बहाल पु¥याइएको गुठी संस्थानका कायममुकायम वैकुण्ठ आचार्यले बताउनुभयो ।
उपत्यकामै लामो जात्राका रुपमा मानिने उक्त रथलाई आज एक दिन राखेर भोलि मङ्गलबजार पु¥याइने जनाइएको छ । इसापूर्व १४ सय वर्षअगाडि मच्छिन्द्रनाथ रथ जात्रा प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।
आफ्नो वेशभूषामा सजिएर स्थानीय नेवार समुदायले रथलाई तानेर गाः बहाल पु¥याइएको हो । उक्त जात्रा हेर्नका लागि उल्लेखनीय सङ्ख्यामा भक्तजनको ओइरो लागेको थियो ।
रथ निर्माण कार्य वैशाख १२ गते सुरु भएर २५ गते सम्पन्न भएको थियो । सोही दिन औँसी प्रतिपदाको दिन परेकाले मच्छिन्द्र्रनाथको मूर्तिलाई रथारोहन गरिएको थियो । रासस
No comments:
Post a Comment