काठमाडौँ, २८ वैशाख । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको छ ।
कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिनुभएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटाँैडा) रहेका छन् ।
गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई रु एक हजार, स्वदेशी नागरिकलाई रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि रु ५००, स्वदेशी नागरिकलाई रु ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु २५ निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि रु १००, स्वदेशी नागरिकका लागि रु २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाग रु १० शुल्क निर्धारण गरिएको छ ।
सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment