काठमाडौँ, २३ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आफ्ना जारी आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ ।
सङ्घीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ २ मा हुने राजधानी केन्द्रित आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन विभिन्न समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको गठबन्धनमा आबद्ध सद्भावना पार्टीका नेता अर्जुन उप्रेतीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment