नेपालगन्ज, २३ वैशाख । सशस्त्र प्रहरी बल(एपिएफ) लाई शून्यविरुद्ध एक गोलले पाखा लगाउँदै सुदूरपश्चिम–११ ले नेपालगन्ज गोल्ड कप फुटबलको उपाधि उचालेको छ ।
यहाँ आज भएको फाइनल प्रतिस्पर्धामा इन्ज्योरी टाइमको अन्तिम मिनेटमा सुदूरपश्चिमका तर्पmबाट जर्सी नं ५ का माधव भण्डारीले गोल गरी आप्mनो टोलीलाई विजयको स्वाद चखाएका थिए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई कप, प्रमाणपत्र र रु एक लाख ५१ हजार तथा दोस्रो हुनेलाई कप, प्रमाणपत्र र रु ५० हजार उपलब्ध गराइएको छ । प्रतियोगिता समापन समारोहमा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनलाल श्रेष्ठ, कोषाध्यक्ष रतन टन्डन र प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो । रासस
No comments:
Post a Comment