Saturday, May 28, 2016

सूचनाको हकलाई कुण्ठित गर्न हुदैन–प्रमुख आयुक्त बाँस्कोटा

पाँचथर, १६ जेठ । प्रमुख सूचनाआयुक्त कृष्णहरि बाँस्कोटाले सार्वजनिक सुनुवाइको अभ्यासलाई अझ बढवा दिन आग्रह गर्नुभएको छ ।

पाँचथरको फिदिममा आज बिहान रासससँग कुराकानी गर्दै उहाँले सरकार यदि सुशासन र पारदर्शी भएर नागरिकले पाउने सूचनाको हकलाई कुण्ठित गर्न नहुने बताउनुभयो ।

उहाँले सरकारले नागरिकले पाउने सूचनाहकलाई प्रोत्साहित गरी सूचना दिने हो भने भ्रष्टाचारमा कमी, विधिको शासन, नागरिकबीचको विभेदको अन्त्य, सुशासन र मुलुक समृद्ध बन्ने उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त बाँस्कोटाले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था, राजनीतिक दल तथा सार्वजनिक निकायले नागरिकले पाउने सूचनाको हकबाट कसैलाई वञ्चित नगर्न सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts