Saturday, May 28, 2016

बाजुरामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

बाजुरा, १६ जेठ ।जगन्नाथ गाविस–३ का ३५ वर्षीय शेरबहादुर दमाईं सोही गाविसको गडौला खोलामा पहिराले पुरिएर शरीर क्षतविक्षत भई मृतावस्थामा भेटिएका छन् ।

उनी शुक्रबारदेखि परिवारको सम्पर्कमा थिएनन् । स्थानीयवासी र कुन्ना प्रहरी चौकीका प्रहरीले खोजी गर्दा आइतबार बिहान पहिरामा पुरिएको अवस्थामा उनी भेटिएका हुन् ।
त्यस्तै दक्षिणी तोली गाविस–१ पुर्बुताका ३५ वर्षीय रामबहादुर सुनार तोलीदेवलडाँडाको बजारबाट शनिबार राति ११ बजेतिर घर जाँदै गर्दा बाटाबाट करिब एक सय मि तल खसेर उपचारका लागि तोली स्वास्थ्य चौकीमा ल्याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सुनारसँग गएका तोली–३का ३६ वर्षीय जपेन्द्र शाहीसमेत बाटाबाट सुनारसँगै खारखोलामा लडेका थिए । उनको अछामको बयालगडा अस्पतालमा उपचार भइरहेको छ । उनको हात भाँचिएको छ भने टाउकामा ठूलो चोट लागेका कारण सात टाँका लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर बोगटीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts