Saturday, May 28, 2016

मिश्रित प्रतिक्रिया

पोखरा, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आज व्यवस्थापिका–संसदमा पेस गर्नुभएको बजेटप्रति यहाँका उद्यमी, व्यापारी र पर्यटन व्यवसायीले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।

उहाँहरूले बजेट निजी क्षेत्रमैत्री, लोकप्रिय, जनमुखी, जलस्रोत, कृषि र पूर्वाधार विकासमा बढी केन्द्रित भएको बताउनुभएको छ ।

सबै क्षेत्रलाई समेटेको बजेट कार्यान्वयनमा ठूलो चुनौती रहेको उहाँहरुको भनाइ छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिन्दुकुमार थापाले बजेट निजी क्षेत्रमैत्री भएको टिप्पणी गर्नुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्का अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले दुई वर्षभित्र देशलाई लोडसेडिङ मुक्त बनाउने र दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गरी निर्यात गर्ने बजेटको लक्ष्य सकारात्मक भएको विचार व्यक्त गर्नुभयो ।

गाउँ तथा नगरपालिकालाई दिँइदै आएको बजेटलाई दोब्बर बनाउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र सम्पन्न गर्ने, रुग्ण सरकारी उद्योग निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने बजेटका राम्रा पक्ष भएको टिप्पणी गर्नुभयो ।

पर्यटन व्यवसायी वासु त्रिपाठी र गोविन्दराज पहारीले सडक, जलविद्युुत र कृषिका पूर्वाधारमा छुट्टाइएको बजेटले देशलाई आधुनिकीरण, स्वावलम्वी बनाउने धारणा राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts