Saturday, May 28, 2016

यार्सा सङ्कलनका क्रममा महिलाको मृत्यु

बैतडी, १५ जेठ । दार्चुलाको खण्डेश्वरीमा यार्सा सङ्कलनका लागि लेक गएका एक महिलाको गएराति मृत्यु भएको छ ।

एक्कासी बिरामी परेका खण्डेश्वरी–१ रम्घाडीका ३५ वर्षीय कुत्थरी बोहराको मृत्यु भएको स्थानीय गजेन्द्र धामीले जानकारी दिनुभयो ।

बिरामी परेकी बोहरालाई अस्पताल ल्याउने तयारी गर्दागर्दै गएराति ११ बजे मृत्यु भएको हो । योसँगै दार्चुलामा यार्सा सङ्कलनको क्रममा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts