Thursday, May 19, 2016

अस्पतालमा पन्ध्र बिचौलिया पक्राउ

चितवन, ६ जेठ । लामो समयदेखि बिरामीलाई दुःख दिँदै आएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कृष्णपुरमा रहेका १५ बिचौलियालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार अस्पतालमा उपचार गराउन आएका बिरामीलाई सस्तोमा उपचार गराइदिने, प्रयोगशाला परीक्षण गराइदिने, होटलको व्यवस्था गरिदिने लगायत प्रलोभन देखाइरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सबैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रहरी प्रमुख कुँवरले बताउनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले सम्झाउँदा बुझाउँदा पनि अटेर गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । अस्पतालमा स्थापनाकालदेखि नै दलालको बिगबिगी रहेको भन्दै उहाँले नियन्त्रण गर्न सके बिरामी नठगिने बताउनुभयो ।

अधिकांश चिकित्सक कर्मचारीको निजी अस्पताल, क्लिनिक, औषधि पसल र होटलमा लगानी समेत रहेकाले बिचौलियाको दरो पकड अस्पतालमा रहेको छ जसका कारण बिरामी ठगिँदै आएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts