विराटनगर, ६ जेठ । कर्तव्य ज्यान मुद्दामा १० वर्षको सजाय पाएका फरार एक व्यक्तिलाई पक्राउ गरी आज कारागार चलान गरिएको छ ।
सुनसरीको पाँचकन्या–५ बस्ने २४ वर्षीय सुनिल लिम्बूलाई पक्राउ गरी झुम्का कारागार चलान गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरी जिल्ला अदालतको विसं २०७१ चैत ४ गतेको फैसलाले लिम्बूलाई १० वर्षको कैद सजाय तोकेको थियो । क्षेत्रीय अनुसन्धान समूहले विशेष सुराकीका आधारमा लिम्बूलाई घरबाट पक्राउ गरेको हो । रासस
No comments:
Post a Comment