Sunday, May 22, 2016

कालिकोट घटनाप्रति एमालेको दुःख व्यक्त

काठमाडाँै, ९ जेठ । नेकपा (एमाले)ले कालिकोटको कोटवाडा गाविसको लालीघाटमा आएको सुख्खा पहिरोले गेजबजारलाई बगाउँदा पाँचको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी सचिव प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गरी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्राकृतिक विपत्तिको यस घडीमा तत्काल उद्धार कार्य अगाडि बढाउन समेत सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाँले मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै जोखिममा परेको वस्तीको पुनःस्थापना लागि विकल्पसहित प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

पहिरोका कारण २८ घर पूर्णरुपमा क्षति भएका छन् भने २०० घर र पसल उच्च जोखिममा परेको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts