पाल्पा, ९ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्थानीय निकायको निर्वाचन लोकप्रियताका लागिभन्दा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
स्थानीय निकायमा जनप्रतिनिधि नहँुदा विकासले गतिलिन नसकेको बताउँदै पुनःनिर्माणका कामलाई गतिदिन स्थानीय निकायको निर्वाचन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रेस चौतारी पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले मधेसी र जनजातिको आन्दोलन केका लागि ? भनेर प्रश्न गर्नुभयो ।
उहाँले सबै प्रकारका समस्या वार्ता र प्रक्रियाबाट समाधान हुने भन्दै संविधान संशोधनबाट समस्याको समाधान हुने टिप्पणी गर्नुभयो । नातिको मुख हेरे स्वर्ग जाने भन्ने जस्तो गरी बजेट ल्याउने काम नहुने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहमति भएमा सरकारको नेतृत्व पुष्पकमल दाहालमा पनि जान सक्छ, तर त्यसका लागि विधि प्रक्रियामा जानुपर्नेछ ।” सरकारको नेतृत्व सहमति, विधि र प्रक्रियाका आधारमा मात्र हुने उहाँले बताउनुभयो ।
सरकारले राष्ट्रिय स्वाभिमान, संविधानको पक्षपोषण र छिमेकीसंग सुमधुर सम्बन्ध कायम गर्ने गरी बजेट ल्याउने उहाँले बताउनुभयो । सरकारका साझेदार दलको साझा बजेटका रुपमा बजेट आउने पनि उहाँले बताउनुभयो । रासस
––––––––
No comments:
Post a Comment