Sunday, May 22, 2016

यार्सा सङ्कलन गर्न गएका युवा मृत फेला

बैतडी, ९ जेठ । दार्चुलामा यार्सा सङ्कलन गर्न हिँडेका एक युवक आज मृत फेला परेका छन् ।

मृत्यु हुनेमा बैतडी घर भई हाल डडेल्धुराको परशुराम नगरपालिका बस्दै आएका २६ वर्षीय महेश बोहरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार उनी सितोलाको चाइमटेला लेकबाट यार्सा नपाएपछि बिहीबार घर फर्किन हिँडेका र घर नफर्केपछि खोजी गर्दा आज बिहान सितोलाकै जन्नीगाउँ जङ्गलमा मृत फेला परेका हुन् ।

बोहराको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts