गोलबजार (सिरहा), ८ जेठ । सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मेला हेरेर घर फर्किने क्रममा लहान–ठाडी सडकखण्डअन्तर्गत गाढा–६ मा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत विहार राज्यमा पर्ने पथलगरा गाउँका ३५ वर्षीय मोहनलाल साह र सोही ठाउँका ४० वर्षीय नारायण ठाकुर रहेका छन् । ठाडी जाँदै गरेको स१त ३७४७ नंको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिँदा सो ट्र्याक्टरमा सवार उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी निरीक्षक कवीर प्रधानले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त ट्र्याक्टर प्रहरी चौकी महेशवारीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् । फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment