वीरगन्ज, १२ जेठ । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी हुलाकी राजमार्गको काम सुरु हुने बताउनुभएको छ ।
विकास समितिद्वारा आज यहा“ आयोजित निर्माणाधीन हुलाकी राजमार्ग सम्बन्धित अन्तक्र्रिया कार्यक्रममा उहा“ले भन्नुभयो, “तराई–मधेसको मात्र होइन, सिङ्गो मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिनसक्ने हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाइप्रति समिति अत्यन्त गम्भीर भएर चासो व्यक्त गरिरहेको छ ।
सभापति अधिकारीले अबको तीन वर्षभित्र यसको निर्माण सम्पन्न गर्ने स्पष्ट योजनाका साथ अगाडि बढ्न समितिले सरकारलाई निर्देशन दिएको बताउनु भयो ।
छलफलमा सहभागी पर्साबाट प्रतिनिधित्व गर्ने सांसदहरुले हुलाकी राजमार्गसहित निजगढ काठमाडौँ द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सिमरामा विशेष आर्थिक क्षेत्र निर्माणका लागि सरकारले चासो नदेखाएको आरोप लगाउ“दै यी आयोजनाको निर्माण तत्काल थाल्न सरकारसँग आग्रह गर्नुभयो ।
यसरी आग्रह गर्नेमा सांसद जयप्रकाश थारु, बिचारी यादव, राजकुमार साह, नागेन्द्र चौधरी, रामचन्द्र साह र राजेन्द्रबहादुर अमात्यलगायत हुनुहुन्थ्यो ।
वरिष्ठ पत्रकार चन्द्रकिशोर र जगदीश शर्माले वर्षांैदेखि हुलाकी राजमार्ग निर्माण हुन नसक्दा तराई–मधेसमा बसोबास गर्नेले आफूमाथि राज्यद्वारा विभेद भइरहेको धारणा विकसित हु“दै गइरहेकाले यसतर्फ सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा उद्योगी, व्यापारी, विभिन्न राजनीतिक दलका नेता, प्राविधिक, विज्ञ, स्थानीय निकायका अधिकारी, समाजसेवी र नागरिक समाजका अगुवालगायत सरोकारवालाको सहभागिता थियो । रासस
No comments:
Post a Comment