काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले उत्पादनमुखी र पूँजीगत खर्चमा केन्द्रित भएर बजेट तर्जुमा गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले औद्योगिक क्षेत्रको विस्तार हुन नसकेको, मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अब आउने बजेट सानो आकारको हुनुपर्ने उल्लेख गर्दै ठूलो आकारको बजेट प्रस्तुत भए आन्तरिक तथा विदेशी ऋण बढ्ने र विकास बजेट दुरुपयोग हुने बताउनुभयो ।
अर्थविद् दिनेशचन्द्र देवकोटाले नयाँ नेपाल निर्माण गर्न यथास्थिति चिन्तनबाट माथि उठ्नुपर्नेमा जोडदिँदै बजेट प्रदेश केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उद्योगी दिवाकर गोल्छाले सरकार र विपक्षीबीच घोचपेच रहेसम्म देशको विकास नहुने भन्दै देश विकास तथा आर्थिक समृद्धिका लागि दुवै पक्ष एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।
पूर्वगभर्नर डा तिलक रावलले अर्थमन्त्रीले आर्थिक वृद्धिदर २ प्रतिशत पु¥याउने दावी गरे पनि १ प्रतिशत भन्दा कम रहने बताउनुभयो । रासस
No comments:
Post a Comment