तुलसीपुर (दाङ), १० जेठ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले सामुदायिक विद्यालयमा गरिएको लगानीअनुसार प्रतिफल आउन नसकेको बताउनुभएको छ ।
दाङको चौधेरामा रहेको गोरक्ष रत्ननाथ माविले सञ्चालन गर्न लागेको प्राविधिक शिक्षाअन्तर्गतको पशु विज्ञान कक्षको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
शिक्षालाई मौलिक हकका रुपमा संविधनमा लेखिएको भन्दै उहाँले राज्य व्यवस्थामा आएको परिर्वतनसँगै शिक्षामा परिर्वतन ल्याउनुपर्नेमा उहाँको जोड थियो ।
शैक्षिक सुधारमा प्राविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री शर्माले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले दाङको समग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment