Monday, May 23, 2016

पत्रकार पक्राउप्रति विरोध

काठमाडौँ, १० जेठ । क्रान्तिकारी पत्रकार सङ्घले नेपाली काँग्रेसका नेता गगन थापाका सम्बन्धमा नेपाल सन्देश अनलाइनमा प्रकाशित समाचारलाई लिएर प्रहरीले आफ्ना सङ्गठनका केन्द्रीय कार्यालय सदस्य चन्दमान श्रेष्ठलाई आज साँझ पक्राउ गरेकामा आपत्ति जनाएको छ ।

सङ्घका संयोजक गोविन्द आचार्यले विज्ञप्ति जारी गरी नेता थापाको उजुरीका आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिकै प्रहार भएको जनाउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts