पोखरा, ९ जेठ । गण्डकी साहित्य सङ्गम पोखराद्वारा सञ्चालित यस वर्षको गोकुल वाङ्मय पुरस्कारबाट आज साहित्यकार हरिहर खनाललाई सम्मान गरिएको छ ।
पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ । पाँच दशकदेखि नेपाली कथा र उपन्यासको क्षेत्रमा डेढ दर्जनभन्दा बढी कृति प्रकाशन गरी प्रगतिशील साहित्यको उत्थान र विकासमा योगदान पु¥याएकोमा कदर गर्दै खनाललाई सो पुरस्कार दिइएको पुरस्कार छनोट समितिका संयोजक नारायण मरासिनीले बताउनुभयो ।
सङ्गमका अध्यक्ष डा कृष्णराज अधिकारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा सङ्गमका सल्लाहकार टेकनाथ बराल, नेपाल प्रज्ञा मञ्चका अध्यक्ष पशुपतिनाथ तिमिल्सिना र सङ्गमका पूर्वअध्यक्ष रघुनाथ अधिकारीलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment