काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नयाँ बजेटसँगै विकासको तीव्र गतिका साथ मुलुकलाई अघि बढाउने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय समितिलाई आज आफ्नो सरकारी निवास बालुवाटारमा बधाई तथा शुभकामना दिँदै उहाँले आगामी एक वर्षभित्र दुनियाँको ध्यान नेपालप्रति आकर्षित हुने गरी नयाँ योजनाका साथ विकास निर्माणका काम गरिने उल्लेख गर्नुभयो ।
उहाँले आफू केबल नियुक्ति (फोटो टाँस्ने) लिन र राजीनामा गर्ने हिसाबले मात्र नभई केही उदाहरणीय काम गरेर देखाउने गरी आएको बताउनुभयो ।
नवप्रवर्तनात्मक प्रधानमन्त्री अहिलेसम्म मुलुकले नपाएको तर आफूले विकास निर्माणका कुरा गर्दा केही बुद्धिजीवी वर्गमा छटपटी पैदा भएको जनाउँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले देश र जनताको हितमा हुने कामलाई प्रश्रय दिनुपर्ने र त्यसका लागि चौतारीले प्रभावकारी भूमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, चौतारीका नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतसहित पदाधिकारी तथा सदस्यको सहभागिता थियो । रासस
No comments:
Post a Comment