Thursday, May 19, 2016

वर्तमान सरकारको समीकरण कसैले भत्काउन सक्दैन–पोखरेल

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको समीकरण बलियो भएकाले कसैले भत्काउन नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको बन्द सत्रलाई आज सम्बोधन गर्दै उहाँले विभिन्न शक्तिले वर्तमान सरकारको समीकरण भत्काउने प्रयास सफल नभएको बताउनुभयो । “वर्तमान सरकार असफल गराउन धेरै पासा फालियो”–उहाँले भन्नुभयो, “पटक पटक फालिएको पासाको विरुद्ध हामी उभियौँ र त्यसलाई सफल हुन दिएनौँ ।”

चौतारीको पुरानो कार्यसमिति भङ्ग गरी नयाँ अध्यक्षमण्डल र निर्वाचन मण्डल गठन गरिएको छ । एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल र तीर्थ कोइलाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचनमण्डल गठन गरिएको छ । बन्दसत्रले महासचिवको साङ्गठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts