Thursday, May 19, 2016

बस दुर्घटनामा आठको मृत्यु

बेँसीसहर लमजुङ, ६ जेठ । लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा आज साँझ बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना१ख ४१२६ नंको बस दुर्घटना हुँदासात जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts