Saturday, May 28, 2016

चितवन आइडल क्षेत्री नयाँ गीत लिएर आए (भिडियोसहित)

kedar-chetriचितवन आइडलको बिजेता केदार बरुवाल क्षेत्रीले आफ्नो नयाँ गीत लिएर आएका छन् ।
रियालीटी सो चितवन आइडल २०७० को उपाधि बिजेता क्षेत्रीले ‘जब तिमी’ बोलको गीत मार्फत नेपाली सांगीतिक आकाशमा आफ्नो पाहिलो राखेका छन् ।
चितवन आइडल २०७० को उपाधि जितेलगत्तै पढाईको सिलशिलामा अस्ट्रेलिया पुगेका केदारले नेपाल आएलगत्तै नया गीत रेकर्ड गराएर भिडियो समेत निर्माण गरेका छन् ।
गायक केदार बरुवाल क्षेत्री र अलिशा राईको अभिनय रहेको सार्वजनिक म्युजिक भिडियो नितिन चन्दले निर्देशन गरेका हुन्। कल्याण सिंहको संगीत तथा युवराज निमुखाको शब्द रहेको यस गीतले आफुलाई सांगीतिक बजारमा चिनाउने गायक केदार बरुवाल क्षेत्रीको विश्वास रहेको छ ।सुरेश काफ्लेको छायांकन रहेको यस भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts