Saturday, May 28, 2016

धर्मपरिवर्तन विरुद्धको जनजागरण यात्रा

कञ्चनपुर, १५ जेठ । हिन्दू जागरण युवासङ्घ नेपाल कञ्चनपुरले आजदेखि धर्म परिवर्तन विरुद्धको जनजागरण यात्रा सुरु गरेको छ ।

जिल्लाका विभिन्न भागमा दुई दिनसम्म धर्म परिवर्तन, लैङ्कि हिंसा, जातीय छुवाछुत अन्त्य, बाल विवाहलगायतका विषयमा जनचेतना फैलाउने लक्ष्यका साथ यात्रा सुरु गरेको हो ।
हिन्दू जागरण युवासङ्घ कञ्चनपुरका अध्यक्ष हरिप्रसाद जोशीले दुई दिनसम्म सञ्चालन हुने यात्रामा दुई हजार भन्दा बढी युवाको सहभागिता रहेको बताउनुभयो ।

महेन्द्रनगरको मदनचोकबाट सुरु भएको यात्राका क्रममा आज पहिलो दिन बजार परिक्रमा र कोणसभा लगायतका कार्यक्रम आयोजना गरिएका छन् । कोण सभाका वक्ताले हिन्दूधर्म जोगाउनका लागि सबैले एकवद्ध रुपमा अगाडि बढनुपर्ने विचार व्यक्त गरेका छन् । सङ्घले यात्राको क्रममा धर्मपरिवर्तन मुक्तक्षेत्र समेत घोषणा गर्ने योजना बनाएको छ ।
सङ्घको अगुवाइमा यसअघि दाङको घोराही नगरपालिकालाई धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts