त्रिशूली ९नुवाकोट०, २५ वैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिले बनेको ऐतिहासिक संविधानको पुनर्लेखन सम्भव नभएको बताउनुभएको छ ।
नुवाकोटको विदुरमा आज योङ्ग कम्युनिष्ट लिग ९वाइसिएल०को दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै एकीकृत नेकपा ९माओवादी०का नेतासमेत रहनुभएका मन्त्री बस्नेतले संविधानले पूरा गर्न नसकेका विषयहरू संसोधनमार्फत पूरा गर्न सकिने थुपै्र आधारहरू रहेकाले संविधान कार्यान्वयन गरेर आफ्ना मागहरू पूरा गराउनको लागि सबै पक्षलाई आग्रह गर्नुभयोे ।
मन्त्री बस्नेतले नयाँ संविधानलाई सफलतापूर्वक कार्यन्वयन गराउन सहमतिय सरकारको खाँचो रहेको बताउनुभयो । ‘अहिलेको मुख्य विषय संविधान कार्यन्वयन हो । यसका लागि सहमतिय सरकार हुनु राम्रो हो । हामीले सरकार छाड्ने निर्णय गरेका थिएनौँ’, मन्त्री बस्नेतले भन्नुभयो ।
मन्त्री बस्नेतले बजेटपछि सहमतीय सरकारको छलफल अघि बढाउने बताउनुभयो ।
स्थानीय निर्वाचन, सङ्घीय संरचना तथा सीमाङ्कन नयाँ संविधानको आधारभूत पक्ष रहेकाले यस विषयमा सरकारले काम अघि बढाइसकेको उहाँले बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माण गर्न ढिलाई भएको स्वीकार गर्दै मन्त्री बस्नेतले घरधुरी सर्वेक्षणको कामले केही समय ढिलाई भएको दाबी गर्नुभयो । ।
कार्यक्रममा एमाओवादी पोलिटब्युरो सदस्य हितबहादुर तामाङ, सांसद राधिका तामाङ, सांसद राममाया बोगटी, एमाओवादीका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा लगायतले मन्तव्य राख्नुभएको थियो । रासस
No comments:
Post a Comment