Saturday, May 7, 2016

सहमतिबिना विकास असम्भव : नेता सिटौला

वालिङ, २५ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति र सहकार्यबिना संविधानको कार्यान्वयन असम्भव रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घको स्थापना दिवसको सन्दर्भमा आज स्याङजा जिल्लाको वालिङमा आयोजित जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता सिटौलाले कुनै पनि दलले एकलौटीरुपमा संविधान कार्यान्वयन गर्न नसक्ने बताउँदै यसका लागि सरकारमा रहेका दलसहित प्रमुख प्रतिपक्षी दल तथा अन्य संसद बाहिर रहेका दलहरूको एकता हुनु आवश्यक रहेको बताउनुभयो ।

“संविधान एक गतिशिल दस्तावेज भएकाले यसमा कसैको चित्त नबुझेमा संशोधन गरेर नमिलेका कुराहरू राख्न सकिन्छ” काँग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले भन्नुभयो, “यसको समाधान आन्दोलनभन्दा पनि वार्ताबाट निकाल्नु उपयुक्त हुन्छ ।”

नेता सिटौलाले संविधानको कार्यान्वयनका लागि ठूलो दलको हैसियतले नेपाली काँग्रेस बढी जिम्मेवार रहेको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts