Wednesday, May 4, 2016

संविधानमा जारी मिति राख्न माग

काठमाडौँ, २२ वैशाख । संविधानसभाबाट जारी भइ हाल लागू भएको संविधानमा जारी मिति राख्नुपर्ने आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

बालाजुस्थित अजिमा टोल विकास समितिका अध्यक्ष विजेन्द्रलाल जोशीले दर्ता गर्नुभएको रिट निवेदनमा हाल लागू भएको संविधानमा जारी भएको साल उल्लेख नगरेका कारण जनताको सूचनाको हक हनन भएको उल्लेख छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचलनअनुसार नाम र जारी भएको मिति एकैसाथ लेख्ने भए तापनि हाल लागू भएको संविधानमा सो विषय नभएको रिट निवेदनमा उल्लेख गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts