Wednesday, May 4, 2016

राहत पाइन्छ भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं, २२ वैशाख । शङ्करापुर नगरपालिका क्षेत्रमा भूकम्प पीडितलाई राहत बाड्ने भन्दै रकम ठगी गर्ने सङ्खुवासभा आसिभुई गाविस–३ घर भएका सुजन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राईले आफू राहत बाड्ने संस्थासँग सम्बन्धित व्यक्ति हुँ भनी भूकम्प पीडितको परिचयपत्र बनाइदिन्छु भनि हातले तयार गरेको भूकम्प पीडितको विवरण सङ्कलन गर्ने फारम देखाई फारम भरेको रु एक हजार छसय लाग्छ र कृषि विकास बैंकबाट रु १५ लाख ऋण पाइन्छ भन्दै भूकम्प पीडितबाट नगद सङ्कलन गर्ने मनसायले हिँडिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग साँखुमा खबर गरेपछि खटिएको प्रहरीले नक्कली कागजात र नगद रु तीन हजार आठ रुपैयाँसहित राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts