दाङ, २९ वैशाख । दाङ जिल्लाको स्युजा गाविस भवनमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
गाविसको वडा नम्बर ४ बोझपोखरामा रहेको गाविस भवनको कोठामा फेला परेका १५ वटा सकेट बम र बम बनाउन सिकाउने क्रममा तयार पारिएका नमुना दुईवटा गरी १७ वटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
अतिरिक्त हुलाक कार्यालय सञ्चालन हुँदै आएको गाविस भवनको उक्त कोठामा खानेपानी कार्यालयका पाइपसँगै रहेको सामानमा उक्त बम मङ्गलबार फेला परेको थियो । रासस
No comments:
Post a Comment