Wednesday, May 11, 2016

द्रुतमार्गबारे आएका समाचारमा सभापति देउवाको ध्यानाकषर्ण

काठमाडौँ, २९ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निजगढ द्रुतमार्गबारेमा मङ्गलबार संसद्मा दिएको प्रतिक्रियाबारे सञ्चारमाध्याममा आएका समाचारप्रति आफनो ध्यानाकषर्ण भएको बताउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले पूर्ववर्ती सरकारले बुट ऐनअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट गरी परियोजनाको सम्झौता प्रक्रिया अगाडि बढाई सम्बन्धित पक्षलाई दिने नदिने कुराको टुङ्गो लगाउन बाँकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन अवस्थामा रहेको कुरालाई ध्यान राख्नुपर्ने आफ्नो भनाइ रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले लगानीकर्तामा पनि नकारात्मक सन्देश जान हुँदैन भन्ने आफ्नो चिन्ता रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts