Monday, May 16, 2016

वार्ताबाटै समस्याको समाधान गर्न आग्रह

काठमाडौँ, ३ जेठ । नेपाल बार एसोसिएसनले सङ्घीय गठबन्धनद्वारा सिंहदरबार घेराउ गर्दा मानव अधिकारको हनन भएको भन्दै वार्ताबाटै समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

बारका महासचिव खम्बहादुर खातीले आज एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलन शान्तिपूर्ण भए पनि आम नागरिकको स्वतन्त्र आवागमनमा असर पर्ने भएकाले आन्दोलनरत पक्ष र सरकारबीच वार्ताद्वारा समस्याको समाधान गर्न माग गर्नुभएको छ ।

आइतबारदेखि सुरु भएको सिंहदरबार घेराउ कार्यक्रमले स्वतन्त्र रुपमा आवतजावत गर्न कठिनाइ भएकाले आन्दोलनको तत्काल सम्बोधन गर्न माग गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts