Monday, May 16, 2016

दाहालविरुद्ध मानहानिको मुद्दा

काठमाडौँ, ३ जेठ । न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले आज अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ ।

निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानि गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाललाई कानुनअनुसार कारबाहीको माग गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts