Friday, May 6, 2016

राष्ट्रिय सुरक्षा नीति पारित

काठमाडौँ, २४ वैशाख । लामो समयको प्रयासपछि राष्ट्रिय सुरक्षा परिषद्ले आज राष्ट्रिय सुरक्षा नीति पारित गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले धेरै लामो समयको छलफल, सुझाव, विश्लेषणपछि आज बसेको परिषद्को बैठकले सुरक्षा नीति अनुमोदन गरेको बताउनुभयो । उहाँले सुरक्षा नीतिलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कतिपयलाई सुरक्षा नीति भनेको सेना, प्रहरी र अनुसन्धान विभागलाई मात्रै समेट्छ कि भन्ने परेको छ, वास्तवमा यो नीतिले पर्यावरण सुरक्षादेखि प्राकृतिक सुरक्षा, मानवीय सुरक्षा एवम् समग्र राष्ट्रको सुरक्षा समेट्छ ।” सुरक्षा ऐनलाई परिषद्ले यसअघि नै पारित गरी कानुन मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा पुगेको र अब मन्त्रिपरिषद्मा आउने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । सुरक्षा पस्षिद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सदस्य रहने व्यवस्था छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts