Tuesday, May 3, 2016

सूचना प्रवाहमा महान्यायाधिवक्ताको कार्यालय पारदर्शी हुने

काठमाडौँ, २१ वैशाख । सूचना प्रवाहका क्षेत्रमा सङ्कुचित हुँदै आएको महान्यायाधिवक्ताको कार्यालय पारदर्शी हुने भएको छ ।

अधिवक्ता हरि फुयाँल महान्याधिवक्तामा नियुक्ति भएपछि आज आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीलाई कानुनबमोजिमका कुनै पनि सूचना उपलब्ध गराउन सम्बद्ध क्षेत्रका सहन्यायाधिवक्तालाई निर्देशन दिनुभयो ।

अदालतमा सरकारका तर्फबाट मुद्दा मामिलाको प्रतिरक्षा गर्दै आएको उक्त कार्यालयले त्यससम्बन्धी सूचना प्रवाहमा आनाकानी गर्ने गरेको र त्यहाँबाट हुने महत्वपूर्ण निर्णयको जानकारी दिने नगरेको पत्रकारको गुनासोमा महान्यायाधिवक्ता फुयाँलले अबदेखि सूचनाको हक पूर्णरुपमा उपभोग गर्न दिने जानकारी दिनुभयो ।

उक्त कार्यालयका प्रवक्ता गोपालप्रसाद रिजालले आव २०७१÷७२ मा मुद्दा चलाउने गरी निर्णय भएको मुद्दा तथा रिट निवेदन २३ हजार ६० थान पुगेको, ती मुद्दामा ४४ हजार ८८२ जना प्रतिवादी रहेको जानकारी दिदैँ तीमध्ये सबैभन्दा बढी (नौ हजार ९७५ थान) मुद्दा सार्वजनिक अपराधको रहेको बताउनुभयो ।

उहाँले यस कार्यालयका लागि दक्ष जनशक्तिको अभाव रहेको, कार्यालय भवन जीर्ण अवस्थामा पुगेकाले नयाँ भवन बनाउनुपर्ने भएको, पहिलो रणनीतिक पञ्चवर्षीय योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको र दोस्रो पञ्चवर्षीय राण्नीतिक योजनाको मस्यौदा अन्तिम चरणमा पुगेको, संविधानको धारा १६१ बमोजिम सरकारी वकिल तथा मातहतका कर्मचारीको नियुक्ति, सवाका सर्त र सुविधासम्बन्धी ऐन परिमार्जनको क्रममा रहेको उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts