Tuesday, May 3, 2016

रकम लुटेको अभियोगमा दुई भारतीय पक्राउ

पर्सा, २१ वैशाख । वीरगन्जको माईस्थान चोकस्थित हिमालयन बैंकबाट आज अपराह्न रु ५० हजार लुटेको अभियोगमा दुईजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैया नगरपालिका निवासी वीरेन्द्रप्रसाद यादवले बैंकमा जम्मा गर्न लागेको रु ५० हजार लुटी भागेका भारत विहार मजुफरपुर निवासी सोनुकुमार कुर्मी र नेहाल कुमारलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

कपडा व्यापारी यादवले रकम जम्मा गर्न बैंकमा भौचर भर्ने क्रममा काउन्टरमा राखिएको नगद लुटी फारार भएपछि यादवसहित माईस्थान चोकमा प्रहरीले सोनु र नेहाललाई नगदसहित रङ्गेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले वीरगन्जका विभिन्न बैंकबाट विगतमा भएका लाखौँ रुपैयाँ लुट पक्राउ परेका युवा र उनको समूहले गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले बताउनुभयो ।

पक्राउ परेका भारतीय युवकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य लुटेराको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts