Wednesday, May 11, 2016

सगरमाथा प्रतिष्ठानद्वारा सम्मान

काठमाडौँ, २९ वैशाख । सगरमाथा प्रतिष्ठान नेपालले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, कलाकार कालु कुमाले, समाजसेवी सुमित्रा बस्नेत, पर्यटन व्यवसायी पुष्प थापा, रोशन भुसाललगायतलाई आज सम्मान गरेको छ ।

उक्त प्रतिष्ठानको १५औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँहरुलाई सम्मान गर्दै जनप्रतिनिधि र समावेशी प्रतिनिधित्वका आधारमा निर्माण गरिएको अहिलेको संविधान उत्कृष्ट रहेको र यसले मुलुकमा सामाजिक न्याय स्थापना गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमा दिगो शान्ति र प्रगतिका लागि संविधानले ढोका खोलेको र यही संविधानका माध्यमबाट अब मुलुकमा सामाजिक रुपान्तरण तथा आर्थिक प्रगति सम्भव रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले सम्पूर्ण राजनीतिक दलले मुलुकको यथार्थ धरातलमा उभिएर राष्ट्रियता बलियो बनाउन भूमिका निर्वाह गर्नुपर्ने संविधानले अङ्गीकार गरेको व्यवस्थालाई अवलम्बन गर्दै संविधान संशोधनको माध्यमबाट असन्तुष्ट समुदायको भावनालाई समेट्न सकिने विचार व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री राईले जनताको बलिदानबाट प्राप्त भएको अहिलेको संविधानले लामो समयदेखिको सङ्क्रमणकाललाई अन्त्य गरेको बताउँदै अब संविधानको जगमा उभिएर राष्ट्र निर्माणको रुपरेखा कोर्नुपर्ने बताउनुभयो ।

मुलुकमा हिमाल, पहाड र तराईको एकता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिँदै उहाँले “देशको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रियताको रक्षा गर्ने प्रत्येक नेपालीको कर्तव्य हो”– भन्नुभयो ।

बुद्धिजीवी डा जयराज आचार्यले देश विकासका लागि राजनीतिक स्थिरताको खाँचो रहेको औँल्याउँदै मुलुकमा सङ्घीयताको वैज्ञानिक विभाजन हुन नसकेमा यसले सधँै अस्थिरता ल्याउने धारणा राख्नु भयो ।

साहित्यकार शङ्कर कोइरालाले विज्ञको सुझावका आधारमा सङ्घीयताको संरचना, सीमाङ्कनको टुङ्गो लगाउन सुझाव दिनुभयो ।

सगरमाथा प्रतिष्ठानका अध्यक्ष एनबी सुब्बाले समाजका विभिन्न क्षेत्रका अभियन्ताले देश विकासमा गरेको योगदानको सराहना गर्दै उहाँहरुलाई आज सम्मान गरिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts