Wednesday, May 11, 2016

महोत्तरीको पिगौनामा लुटपाट

गौशाला, २९ वैशाख । महोत्तरीको पिगौना गाविसमा डाँकाको एक समूहले रु ५० लाखभन्दा बढीको लुटपाट गरेको छ ।

मङ्गलबार मध्यरातमा ४०÷५० जनाको समूहमा आएको डाँकाको समूहले पिगौनाका १० वटा घरबाट करिब रु ५० लाखभन्दा बढीको लुटपाट गरेको स्थानीयले बताएका छन् । डाँकाले पिगौना गाविस–१ का रामगुलाम साह, राजी तेली र श्याम मुसलमान वडा नं ३ का बुढवा तेली र भुन्टुन पाण्डे, वडा नं ४ का मालो सोनार, सीताराम सोनार र सप्ता तेली र वडा नं ५ का अशोक ठाकुर र जयकुमार साहको घरबाट लाखौँको सुनचाँदीका गरगहना र नगद लुटपाट गरी लगेको स्थानीयवासीले बताएका छन् ।

घरेलु हातहतियारसहित गाउँ पसेका डाँकाको समूहले घरधनीलाई नियन्त्रणमा लिएर करिब दुई घण्टासम्म गाउँमा लुटपाट गरी भागेको र लुटपाटबारे प्रहरीलाई जानकारी गराए अर्को राति आएर ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गर्दा पिगौनामा कुनै पनि घटना घटेको बारे केही जानकारी नभएको बताइयो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts