Friday, May 20, 2016

योगासनमा विश्व अभिलेख

काठमाडौँ, ७ जेठ । काभ्रेपलाञ्चोकका योग प्रशिक्षक तथा विश्वदर्शन अभियान नेपालका सदस्य उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म विविध योगासन गरी विश्व कीर्तिमान कायम गरेकामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आज नाम दर्ता भएको छ ।
उहाँले गत वर्ष पुस २–४ गतेसम्म स्थानीय वाल्मीकि विद्यापीठमा सो समयसम्म सार्वजनिक रुपमा योगासन गर्नुभएको अभियानका अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । यसअघि भारतका योगराज सिपीले ४०घन्टा १५मिनेटसम्म योगासन गरेको अभिलेख छ । विकासानान्द योगीका शिष्य मोक्तानले विवेकानन्द योग विश्वविद्यालय, बङ्लोर भारतबाट योगमा विद्यावारिधि पनि गर्नुभएको छ । तीस वर्षीय मोक्तानले झापा र मोरङमा रहेका भुटानी शरणार्थीलाई केही वर्षअघि साढे तीन वर्षसम्म योग सिकाउनुभएको थियो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts