Friday, May 20, 2016

चण्डेश्वरी जात्रामा विद्युत् भार कटौती नहुने

बनेपा, ७ जेठ । काभ्रेपलाञ्चोकको बनेपामा प्रसिद्ध चण्डेश्वरी जात्राका लागि आजदेखि तीन दिनसम्म विद्युत् भार कटौती नहुने भएको छ ।

बनेपा नगरपालिकालगायत विभिन्न सङ्घसंस्थाको अनुरोधमा विद्युत् लाइन नकाट्न विद्युत् प्राधिकरण केन्द्र बनेपालाई आग्रह गरिएकाले विद्युत् भार कटौती नहुने बनेपा नपाका राजस्व अधिकृत ध्रुव नेपालले जानकारी दिनुभयो ।

उहाँले जात्राका लागि बर्सेनि यस्तो हुने गरेको उल्लेख गर्दै शनिबार र आइतबार चौबीस घन्टा नै विद्युत् भार कटौती नहुने बताउनुभयो ।

यसैबीच, सो जात्रालाई लक्षित गरेर आज बनेपामा बजार अनुगमनसमेत भएको छ । स्थानीय तीनदोबाटो र चारदोबाटोमा रहेका मिठाइ पसलबाट बासी सडेगलेका चार किलोग्राम मिठाइ नष्ट गरिएको बनेपा नपाका राजस्व अधिकृत नेपालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बनेपा नगरपालिका, उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts