Tuesday, May 17, 2016

ट्र्याक्टरको ठक्करबाट म्याजिक भ्यानमा सवार तेह्र घाइते

लहान, ४ जेठ । सिरहाको विष्णुपुरकट्टी गाविस–९ स्थित सडकमा आज साँझ ट्र्याक्टरले म्याजिक भ्यानलाई ठक्कर दिँदा म्याजिक चालकसहित एक दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स१त २९८३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको ना१ज ३२३६ नंको यात्रुवाहक म्याजिक भ्यानलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा पठाइएको र अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् ट्र्याक्टर चालक फरार भएकाले खोजी कार्य भइरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts