Wednesday, May 18, 2016

नरिवल जात्रा सम्पन्न

ललितपुर, ५ जेठ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथ जात्राका क्रममा देखाइने नरिवल खसाल्ने जात्रा आज सम्पन्न भयो ।

आज मच्छिन्द्रनाथ रथको टुप्पोबाट नरिवल खसालेर जात्रा मनाइएको हो । रथको टुप्पोबाट खसालिएको नरिवललाई हात पार्न सक्ने व्यक्तिलाई चिताएको पुग्छ भन्ने जनविश्वास छ ।

आज खसालिएको नरिवल समात्न भक्तजनबीच तँछाडमछाड भएको थियो । उक्त जात्रा हेर्न ठूलो सङ्ख्यामा भक्तजन आएका थिए ।

वैशाख २८ गते पुल्चोकबाट गाःबाहाल पु¥याइएको रथलाई मङ्गलबजार पाटन सुन्धारा, मिखाबहाल हुँदै लगनखेलमा पु¥याएर नरिवल खसाल्ने जात्रा सम्पन्न गरिएको गुठी संस्थानका कामु प्रशासक बैकुण्ठ आचार्यले बताउनुभयो । राजा नरेन्द्रदेव मल्लको पालादेखि मच्छिन्द्रनाथ रथ जात्रा प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।

नरिवल खसालिएपछि दोस्रो दिन महिलाले मात्र रथ तानेर लगनखेलबाट थटीटोल पु¥याउने प्रचलन रहेको छ । सो रथलाई कुमारीपाटी हुँदै जावलाखेल पु¥याइएको चौथो दिन भोटो जात्रा देखाइन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts