Thursday, May 19, 2016

बुद्ध जयन्तीका अवसरमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ, ६ जेठ । पच्चीसय साठीऔँ बुद्ध जयन्तीका अवसरमा यहाँ आज आयोजना गरिएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीपछि बेलुका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री भीमबहादुर रावल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला लगायत विभिन्न राजनीतिक दलका नेता सहभागी सो कार्यक्रममा नेपालका विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओली र मन्त्री पोखरेलले ‘बुद्ध वर्न इन नेपाल’(बुद्ध नेपालमा जन्मेका थिए) शीर्षक चलचित्रको ‘प्रिमियर सो’को समेत उद्घाटन गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts