Friday, May 20, 2016

राजदूतद्वारा लाङटाङको निरीक्षण

धुन्चे (रसुवा), ७ जेठ । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले भूकम्पले क्षति भएको लाङटाङ क्षेत्रमा आज स्थलगत निरीक्षण गर्नुभयो ।

प्रजिअ कृष्णप्रसाद अधिकारीका अनुसार राजदूत कार्कीले लाङटाङको भ्रमणपछि धुन्चेमा सरोकार भएका निकायसँग अमेरिकी संस्थाबाट प्रदान गरिएको राहत सहयोगका विषयमा जानकारी लिनुभएको थियो ।

भूकम्पले पीडित रसुवालीलाई गैससमार्फत थप सहयोग दिलाउन राजदूतको भ्रमणले मद्दत पु¥याउने अपेक्षा गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts