धुन्चे (रसुवा), २३ वैशाख । यही वैशाख १० गतेको हुरीबतासबाट बढी क्षति भएका आवास तथा विद्यालय मर्मत एवम् निर्माणका लागि जस्तापाता वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङका अनुसार हावाहुरीले बढी प्रभावित बनाएका थुमन, चिलिमे, गोल्जुङ, गत्लाङ, यार्सा, राम्चे र धुन्चेका १८२ धुरीलाई दुई÷दुई बन्डल र दश विद्यालयलाई दश दश बन्डलका दरले दिइएको हो ।
जस्ताको छाना बलियो बनाउन आवश्यक किलाकाँटा र भाटा बाँध्ने तार समेत वितरण गरिएको बताइएको छ । यस्तै भूकम्पपछि बनाइएको टहरा उडेपछि थप समस्यामा परेका १८२ घरपरिवारलाई पाँच÷पाँच मि का दरले म्याट्रेस प्रदान गरिएको सभापति तामाङले बताउनुभयो । रासस
No comments:
Post a Comment